विराटनगरमा सुकुमवासीको प्रदर्शन

सोमबार, ४ जेठ, २०८३
डिजिटल संस्करण

भूमि अधिकार ग्यारेन्टी गर्न माग गर्दै विराटनगरमा पनि सुकुमवासीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। भूमिहीन सुकुमवासी संयुक्त संघर्ष समिति मोरङको अगुवाइमा सोमबार विराटनगरमा प्रदर्शन भएको हो।

बालेन्द्र शाहलाई चुपचाप मतदान गरेर निर्वाचित गराए पनि सरकार बन्नेबित्तिकै उठिबास लगाउन थालेको भन्दै उनीहरूले प्रधानमन्त्रीको राजीनामा समेत मागे। प्रदर्शनमा सहभागीहरूले विनाविकल्प सुकुमवासी हटाइन पाइँदैन, भूमि अधिकार ग्यारेन्टी गर भन्दै नाराबाजी गरेका थिए।

संघर्ष समितिकी मोरङ संयोजक निशाकिरण राईले सुकुमवासी बस्तीमा डोजर आतंक तत्काल बन्द गर्नुपर्ने, सुकुमवासीको सहमतिमा उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने, उचित व्यवस्थापनसहित सुकुमवासीको लगत तयार गरेर वैकल्पिक व्यवस्था गरिनुपर्ने र ऐलानी जग्गामा बसोबास गरिरहेका सुकुमवासीलाई तुरुन्त धनीपुर्जा वितरण गर्न माग गरे।

प्रदर्शनपछि उनीहरूले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

सुझावित समाचार