आइसिसी विश्वकप लिग– २ मा सोमबार स्कटल्यान्डमाथिकाे जितसँगै नेपाल लिगको अंकतालिकामा पाँचौँ स्थानमा उक्लिएको छ। सातौँ स्थानबाट नेपाल पाँचौँ स्थानमा उक्लिएको हो।
लिगमा २७ खेल खेलेको नेपालको २२ अंक पुगेको छ। २७ खेलमध्ये नेपालले १० वटा जितेको थियो भने १५ वटामा पराजित भयो। दुई खेल रद्द भएका थिए।
लिगको शीर्ष स्थानमा स्टकल्यान्ड छ। उसले ३८ अंक बटुलेको छ भने दाेस्रो स्थानमा अमेरिका, तेस्रोमा ओमान र चौथोमा नेदरल्यान्ड्स छ। एकदिवसीय मान्यता कायम राख्न शीर्ष चारमा पर्नुपर्नेछ।