पूर्वगृहमन्त्री गुरुङमाथि निष्पक्ष छानबिन गरियाेस् : कांग्रेस उपनेता शाह

सोमबार, ४ जेठ, २०८३
डिजिटल संस्करण

कांग्रेस संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले पूर्वगृहमन्त्री सुधन गुरुङकाे सम्पत्ति निष्पक्ष छानबिन गर्न माग गरेका छन् । 

प्रतिनिधिसभाकाे साेमबार बसेकाे बैठकमा बाेल्दै सांसद शाहले भने, ‘पूर्वगृहमन्त्री सुधन गुरुङले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन हुनुपर्दछ।’

संशयको घेरामा रहेका पूर्वगृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागिपरेको जनस्तरमा व्यापक आशंका र चर्चा रहेकाे उनकाे भनाइ छ । 

कुनै पनि शक्तिशाली पदमा बसेको व्यक्तिले कानुनभन्दा माथि रहने उन्मुक्ति पाउनुहुँदैन र आयोगले कसैको दबाब वा प्रभावमा परेर चोख्याउने काम नगरोस्´ उनले भने, ‘प्रतिनिधिसभा जनताको विश्वाको केन्द्र हो तसर्थ, यो गरिमामय सदनमार्फत म सरकारसँग माग गर्दछु कि आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्वगृहमन्त्रीको सम्पत्तिको उच्चस्तरीय र पारदर्शी छानबिन सुनिश्चित गरियोस्।’

सुझावित समाचार