कानुन मन्त्रालयद्वारा दुई प्रतिवेदन कार्यान्वयनको प्रक्रिया सुरु

सोमबार, ४ जेठ, २०८३
डिजिटल संस्करण

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यौनजन्य हिंसा तथा जघन्य कसुरसम्बन्धी अध्ययन प्रतिवेदन र पूर्वाधार तथा विकास आयोजनासम्बन्धी मुद्दा व्यवस्थापन सुधार प्रतिवेदन कार्यान्वयन प्रक्रिया सुरु गरेको छ।

कानुनमन्त्री सोविता गौतमको पहलमा तयार भएका यी दुई प्रतिवेदन कार्यान्वयनका लागि प्रक्रियामा अघि बढेका हुन्।

गौतमले मन्त्रालय सम्हाल्दा गरेको पहिलो निर्णय कार्यान्वयनका क्रममा अपराध संहितालगायत प्रचलित कानुनहरूमा रहेका अवरोध पहिचान गर्न अध्ययन कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले विषयवस्तुको विस्तृत अध्ययन तथा विश्लेषण गरी पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि अगाडि बढेको हो।

यसैगरी, विकास निर्माणसम्बन्धी मुद्दा मामिलाको शीघ्र टुंगो लगाउने उद्देश्यले नीतिगत, कानुनी तथा संस्थागत सुधारका लागि आवश्यक अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले विस्तृत अध्ययन गरी पेस गरेको प्रतिवेदन पनि कार्यान्वयनका लागि अगाडि बढेको छ।

सुझावित समाचार