सन्दीप र ललित चम्किएपछि स्कटल्यान्ड १९४ रनमा अलआउट

सोमबार, ४ जेठ, २०८३
डिजिटल संस्करण

स्पिनरद्वय सन्दीप लामिछाने र ललित राजवंशी चम्किएपछि नेपालले आइसिसी विश्वकप लिग- २ मा स्कटल्यान्डलाई १९४ रनमा अलआउट गरेको छ ।

सोमबार टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ३९.१ ओभरमा सबै विकेट गुमाएर १९४ रन बनायो। 

सन्दीपले अस्ट्रेलियन तीव्र गतिका बलर मिचेल स्टार्कको सात वर्ष पुरानो सबैभन्दा कम खेलमा १५० विकेट पूरा गरेको कीर्तिमान तोडेका छन् । 

सन्दीपले ओडिआई क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने कीर्तिमान बनाएका हुन् । स्कटल्यान्डसँग अहिले भइरहेको खेलमा  ब्रान्डन म्याकमुलनको विकेट लिएसँगै उनले ओडिआई करिअरमा आफ्नो १५० विकेट पूरा गरेका हुन् ।

स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलनले ४४ बलमा ६ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ७३ रन बनाए । उनले ओपनर जर्ज मुन्सेसँग ४९ रनको साझेदारी गरे । मुन्से ३१ बलमा २१ रनमा आउट भए ।

माइकल इंग्लिस ७२ बलमा ५१ रन बनाएर आउट भए । मार्क वाट ३४ बलमा २० रनमा आउट भए ।

नेपालका लागि ललित राजवंशीले चार, सन्दीप लामिछानेले तीन तथा नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।
 

सुझावित समाचार