बालसाहित्यकार तथा गीतकार रामबाबु सुवेदीको नयाँ बालगीत ‘एक, दुई, तीन, चार’ सार्वजनिक गरिएको छ। सुवेदीका थुप्रै गीत विद्यालयका पाठ्यक्रम तथा विभिन्न पुस्तकमा समावेश भएका छन्।
गीतमा श्रेअन्स तिमल्सिना, युनिश श्रेष्ठ, एल्भिन सुवेदी, सलिना कोइराला, निसुम राई र रियाशा अधिकारीको स्वर छ। संगीतकार तथा संगीत संयोजक सुबिन सेन्चुरी हुन् भने मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका छन्। रेकर्डिङ समीर कार्कीले वेभ रेकर्डिङ स्टुडियोमा गरेका हुन्।
युवकवि सिद्धिचरण श्रेष्ठलाई विशेष समर्पण गरिएको उक्त गीतलाई व्यवसायी उमेश श्रेष्ठ र कल्पना श्रेष्ठले प्रायोजन गरेका छन्। गीतको गायन तथा कलाकार संयोजन मंगलम साधनालयले गरेको हो।
गीतको भिडियोमा बाबु युनिशकुमार श्रेष्ठ, आश्वित राई, एल्भिन सुवेदी, आश्रीती खनाल, अनुष्का ढुङ्गाना, एरियस विष्ट, सफलता आले मगर, सुप्रिया थापा मगर, साहसी गुरुङ, सैशा कार्की र सुधा काफ्लेलगायत बालकलाकारको अभिनय छ।
गृष्मा आले मगर, निरुजा मैनाली, सुजिता खड्का, युनिशा श्रेष्ठ, सात्विक बुढाथोकी, विभास श्रेष्ठ, वैभव भट्टराई, प्रयुक्त लामिछाने, रिशिका लामिछाने, आयुशा भण्डारी, निर्णय पौडेल, नीति पौडेल, सन्दीप राई, अनुश्री काफ्ले, सान्भी काफ्ले, कृदान ओझा, साइमन पन्त, रियाद कार्की, अभिशेष बोगटी, जेस्पर लामा र करण घलेको अतिरिक्त सहभागिता रहेको छ।
गीतका निर्माता स्वयं रामबाबु सुवेदी हुन्। भिडियोको परिकल्पना तथा निर्देशन आचार्य गोपालले गरेका हुन् भने सम्पादन तथा छायाङ्कन मनोजकुमार पन्तले सम्हालेका छन्। नृत्य निर्देशन रिया श्रेष्ठले गरेकी छन् भने कला निर्देशन सन्जु नेपाली ‘टाइग्रिस’ र शृङ्गार अनु कार्कीको छ।