वन्यजन्तु संरक्षण र निकुञ्ज व्यवस्थापनमा प्रभावकारी बन्दै वनपथ

आइतबार, ३ जेठ, २०८३
डिजिटल संस्करण

बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको वनपथ वन्यजन्तु संरक्षण र निकुञ्ज व्यवस्थापनका लागि प्रभावकारी बन्दै गएको छ। निकुञ्जभित्र रहेको करिब ४ सय किलोमिटर लामो वनपथ वन्यजन्तु संरक्षण र निकुञ्ज व्यवस्थापनका लागि महत्त्वपूर्ण मानिएको छ।
 
निकुञ्जभित्र हुन सक्ने अवैध चोरी सिकार नियन्त्रणका लागि गस्ती गर्न वनपथ महत्त्वपूर्ण हुने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बताए। उनले भने, ‘निकुञ्जमा वनपथ निर्माण भएसँगै समस्याग्रस्त वन्यजन्तुको उद्धार गर्न सहज हुने तथा वनपथले अग्निरेखाको काम गर्ने हुँदा कहिलेकाहीँ निकुञ्जभित्र लाग्ने डडेलो नियन्त्रणका लागिसमेत वनपथ महत्त्वपूर्ण मानिन्छ। बाघको आहारा प्रजातिका लागि घाँसे मैदान व्यवस्थापन आउजाउ गर्न पनि सजिलो भएको छ।’

निकुञ्जभित्र रहेको वनपथले गर्दा निकुञ्ज घुम्न आउने पर्यटकलाई जंगल सफारी र जंगल वाक गर्नसमेत सजिलो भएको सूचना अधिकारी पौडेलले बताए।

वनपथ मर्मत सुधार गर्न बजेट कम हुने गरेको छ। वनपथ निकुञ्ज व्यवस्थापन तथा पर्यटकीय गतिविधि बढाउनका लागि आवश्यक भएकाले राज्यले यसलाई प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गर्न जरुरी देखिन्छ।

See More On

सुझावित समाचार