राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालयका मुख्य सचिवमा प्रा.डा. जयन्तनाथ खनाल मनोनीत भएका छन्।
पार्टीको विधानबमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले प्रा.डा. खनाललाई मुख्य सचिवमा मनोनीत गरेका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
खनाल लामो समय त्रिभुवन विश्वविद्यालयमा कार्यरत थिए। उनी हाल राप्रपाको केन्द्रीय कार्यसमितिको सदस्य एवं पार्टीसम्बद्ध प्राज्ञिक परिषद्को अध्यक्षसमेत छन्।