सशस्त्र प्रहरीका सहायक हवल्दार अनिता कार्की र सहायक निरीक्षक निम डिक्की शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
सहायक हवल्दार कार्की आइतबार बिहान १०ः२० बजे र सहायक निरीक्षक शेर्पा बिहान ११ः५५ बजे सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुगेका सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्रका तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो कर्मचारी हुन् भने महिलाहरूको यो पहिलो सफल आरोहण हो।
इलामको सन्दकपुर गाउँपालिका माबुकी शेर्पा र राष्ट्रियस्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछापको गोकुलगंगा गाउँपालिका– १ चुचुरेकी कार्कीले यसअघि मनाङको चुलु फार इस्ट हिमाल र लोबुचे हिमालको समेत आरोहण गरिसकेका छन्।
आरोहीहरू शेर्पा र कार्कीको सगरमाथा आरोहण अभियानमा क्रमशः शेर्पा निमा सांगे शेर्पा र टासी ग्याल्जेन शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए।