कुवेत एयरवेजले मंगलबारबाट नियमित उडान भर्दै

आइतबार, ३ जेठ, २०८३
डिजिटल संस्करण

मध्यपूर्वमा देखिएको तनावका कारण केही महिनादेखि रोकिएको कुवेत एयरवेजले आगामी मंगलबारदेखि काठमाडौंमा नियमित उडान पुनः सुरु गर्ने भएको छ। यसअघि सातामा दुई उडान गर्दै आएको एयरवेजले गत फेब्रुअरी १ देखि अनिश्चितकालका लागि सेवा स्थगित गरेको थियो।

मध्यपूर्वको अवस्था केही सहज बन्दै गएपछि कम्पनीले नयाँ उडान तालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार अब काठमाडौं–कुवेत उडान हरेक मंगलबार र बिहीबार सञ्चालन हुनेछ।

कुवेत नेपाली श्रमिकहरूको प्रमुख रोजगारी गन्तव्य भएकाले उडान पुनः सञ्चालनले यात्रुहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

हाल कुवेत–काठमाडौं रुटमा कुवेत एयरवेज र जजिरा एयरले सेवा दिँदै आएका थिए। तर, क्षेत्रीय तनावका कारण दुवै कम्पनीले उडान रोकेका थिए। जजिरा एयरले भने हालसम्म नयाँ उडान तालिका सार्वजनिक गरेको छैन। 

सुझावित समाचार