नेपाली श्रमिकहरूको हक हितका लागि एउटै नाममा सक्रिय रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी)अन्तर्गत मध्यपूर्वको खाडी मुलुक कतारमा राष्ट्रिय समन्वय परिषद्को एकता घोषणा भएको छ ।
कतारका कार्यवाहक राजूदत कुमार राईको विशेष आतिथ्य तथा आइसिसीका उपमहासचिव मुक्तदा मुसलमान र मध्यपूर्व उपसंयोजक करिम बक्स मियाँको उपस्थितिमा गत शुक्रबार कतारको राजधानी दोहा सनैयामा एकता घोषणा भएको हो ।
सन् २०२७ सम्मका लागि एकतापछि बनेको ८६ सदस्यीय नयाँ कार्यसमितिमा अध्यक्ष कृष्ण पन्थी, उपाध्यक्षहरू रविन मगर, रोशन अर्याल, सन्तोष पौडेल, जहाँगिर आलम, सुवास सिंह थापा, विवेक पुलामी मगर, लीला राई, महिलाद्वय उपाध्यक्ष टौमाया गुरुङ्, रमाकुमारी तामाङ छन् ।
त्यस्तै, दुईजना युवा उपाध्यक्षहरू मेहरसिंह तामाङ, टंकबहादुर विक, महासचिव शिवकुमार भुजेल, सातजना सचिवहरू बुद्ध पाण्डे, खेमराज सुवेदी, इसिलाल पण्डित, सुजन गुरुङ, शंकरमान राई, अर्जुन संग्रैला, कवीन्द्र कँडेल, कोषाध्यक्ष प्रेमकुमार बस्नेत र दुई सहकोषाध्यक्षहरु कान्छा श्रेष्ठ (अजय) तथा मो. आजाद मन्सुर चयन भएको उपाध्यक्ष आलमले जानकारी दिए ।उनका अनुसार कार्यसमितिमा महिला संयोजक अप्सना मियाँ, दुई सांस्कृतिक संयोजकहरू जनक थापामगर र इशान रेग्मी, युवा संयोजकहरू सुशील गौतम, केशवराज मल्ल, दुईजना प्रवक्ताहरू दर्शन सुनार र एकराज कटुवाल, दुईजना लेखा संयोजकहरू पदमबहादुर विष्ट, रामप्रसाद गौतम तथा बाँकी सदस्यहरू निर्वाचित भएका छन् ।
वैदेशिक रोजगारी गर्न आकर्षक गन्तव्य मानिएको मध्यपूर्वको खाडी मुलुक कतारमा निर्माण, होटेल रेस्टुरेन्ट, सुपर मार्केट, सेक्युरिटी, विभिन्न सरकारी तथा अर्धसरकारी निकाय र निजी क्षेत्रमा करिब पौने चार लाख नेपाली श्रमिक कार्यरत रहेको परिषद्ले जनाएको छ ।