ओप्पो ए–६ सी सार्वजनिक

आइतबार, ३ जेठ, २०८३
डिजिटल संस्करण

ओप्पोले नयाँ स्मार्टफोन ओप्पो ए–६ सी सार्वजनिक गरेको छ । आकर्षक प्रिमियम डिजाइन, शक्तिशाली सात हजार एमएएच ब्याट्री, एआई प्रविधिमा आधारित फोटोग्राफी सुविधा तथा टिकाउ डिजाइनका साथ यो फोन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

लामो समय गेम खेल्न, भिडियो हेर्न, इन्टरनेट ब्राउज गर्न तथा अन्य दैनिक कार्य गर्न यो फोन उपयुक्त हुने बताइएको छ । साथै, यसमा रिभर्स वायर्ड चार्जिङ सुविधा पनि उपलब्ध छ ।

ओपो ए६सीको ४/६४ जिबी स्टोरेज भेरियन्टमा पाउन सकिन्छ । यसको प्रारम्भिक मूल्य २० हजार नौ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । त्यसैगरी, ८/१२८ जिबी भेरियन्टको मूल्य ४० हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

धेरै स्टोरेज, सहज मल्टिटास्किङ तथा प्रिमियम स्मार्टफोन अनुभव खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै यो भेरियन्ट सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

See More On

सुझावित समाचार