टिभिएस आइक्युबको ऐतिहासिक मेगा डेलिभरी, एकैपटक एक सय स्कुटर हस्तान्तरण

शनिबार, २ जेठ, २०८३
डिजिटल संस्करण

टिभिएसले पोखरामा मेगा डेलिभरी सम्पन्न गरेको छ। टिभिएसको दुईपांग्रे विद्युतीय सवारीसाधन आइक्युब स्कुटरको पोखरामा मेगा डेलिभरी सम्पन्न भएको हो। नेपालका लागि टिभिएसका दुईपांगे सवारीसाधनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालि हो भने पोखरा महानगरपालिका वडा नम्बर ९ नयाँ बजारस्थित यस पोखरा क्षेत्रको अधिकारी बिक्रेता स्क्वायर मोटर्स प्राइभेट लिमिटेडले मेगा डेलिभरीमार्फत एकैपटक एक सय थान आइक्युब स्कुटर ग्राहकहरूलाई हस्तान्तरण गरेको हो।

हाल विद्युतीय सवारीसाधन उपभोक्ताको पहिलो रोजाइ बनिरहेको अवस्थामा टिभिएसको आइक्युबप्रति उपभोक्ताहरूको आकर्षण पछिल्लो समय बढेको र सोही अनुसार एकैपटक एक सय स्कुटर हस्तान्तरण गरिएको स्क्वायर मोटर्सका सञ्चालक आदर्शमान श्रेष्ठले जानकारी दिए। विशेष गरी इन्धनको बढ्दो मूल्य र दैनिक सञ्चालन खर्च घटाउने उद्देश्यसहित धेरै ग्राहकहरू विद्युतीय सवारीतर्फ आकर्षित भएको बताउँदै श्रेष्ठले स्वच्छ ऊर्जा र वातावरणमैत्री यात्राप्रतिको बढ्दो चेतनाले कारण पनि आकर्षण बढेको बताए।

आरामदायी यात्रा, कम सञ्चालन खर्च, विश्वसनीय सेवा र आधुनिक प्रविधिप्रति आफ्नो विश्वासका कारण हाल पोखराका सडकमा दुई हजारको हाराहारीमा आइक्युब गुडिरहेका बताउँदै स्कुटर अब स्मार्ट, आर्थिक र वातावरणमैत्री जीवनशैलीको प्रतीक बनेको उनले बताए। स्क्वायर मोटर्सका अर्का सञ्चालक विनोद पोटेले गुणस्तरीय उत्पादन,नवीन टेक्नोलोजीको प्रयोग, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर पार्टपुर्जाहरूको उपलब्धताका कारण टिभिएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रूपमा स्थापित भएको बताए। 

सञ्चालक श्रेष्ठले पोखराबाट टिभिएसलाई उच्चस्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने कम्पनीको रूपमा स्थापित गर्ने बताउँदै देशभर टिभिएसका एक सय ५० भन्दा बढी डिलरहरू रहेकाले बलियो शाखा सञ्जालका कारण बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको दाबी गरे। 
 

सुझावित समाचार