सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गरी आर्थिक लाभ लिने पक्राउ

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गरेर आर्थिक लाभ लिएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्युरोले बिहीबार काभ्रेपलाञ्चाेकको रोशी गाउँपालिका– ११ का २३ वर्षीय समीर तामाङलाई पक्राउ गरेको हो।

सामाजिक सञ्जालमा पीडितको फोटो राखी ब्ल्याकमेल गरेको तथा व्यक्तिगत फोटो भिभियो बाहिर ल्याइदिन्छु भनी धम्की दिई आर्थिक लाभ लिएको उजुरीपछि ब्युरोले अनुसन्धानपछि पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका– १३, कलंकीबाट पक्राउ परेका तामाङलाई काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन र आपराधिक लाभसम्बन्धी कसुरमा ब्युरोले अनुसन्धान अघि बढाएको छ।

सुझावित समाचार