नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सुन प्रतितोला दुई लाख ९८ हजार पा पाँच सय रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार उक्त परिणामको सुन तीन लाख दुई हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला पाँच हजार ३९० रुपैयाँमा किनबेच भइरहेको छ ।