थाङपाल भ्याली माविमा सिन्धु विकास बैंककाे वित्तीय साक्षरता

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

सिन्धु विकास बैंकले थाङपाल भ्याली माध्यमिक विद्यालयमा वित्तीय साक्षरता तथा शैक्षिक एवं खेलकुद सामग्री वितरण कार्यक्रम गरेको छ । बैंकको मेलम्ची शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयमा वित्तीय साक्षरता तथा शैक्षिक एवं खेलकुद सामग्री वितरण कार्यक्रम गरेको हो । 

विद्यालयमा आयोजित कार्यक्रममा एक सयभन्दा बढी विद्यार्थीको सहभागिता थियो । कार्यक्रममा विद्यार्थीलाई बचतको महत्त्व, डिजिटल बैंकिङ, वित्तीय अनुशासन तथा बैंकिङ सेवासम्बन्धी जानकारी प्रदान गरिएको थियो । बैंकले विद्यालयलाई आवश्यक शैक्षिक सामग्रीसँगै खेलकुद सामग्री पनि हस्तान्तरण गरेको जनाएको छ ।

कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत गणेशकुमार केसी, सहायक प्रमुख कार्यकारी अधिकृत प्रमोद न्यौपाने, मार्केटिङ विभागका भुवन निरौला तथा मेलम्ची शाखा प्रमुख सीताराम दुलालको उपस्थिति रहेको थियो ।

सुझावित समाचार