बर्दियामा बृहत् रक्तदान तथा नि:शुल्क आँखा जाँच शिविर

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

बर्दियामा बृहत् रक्तदान तथा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको छ । गेरुवा गाउँपालिका– ३ मा रहेको शान्तिबजारमा बृहत् रक्तदान तथा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको हो। 

पछिल्लो समय बर्दियामा रहेका स्वास्थ्य संस्थामा रगतको अभाव हुँदै गएपछि रगतको अभावलाई परिपूर्ति गर्नका लागि गगनसिंह कुँवर फाउन्डेसनले बृहत् रक्तदान कार्यक्रम गर्दै आएको छ। बिहीबार  फाउन्डेसनको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५४ जना पुरुष र दुईजना महिला गरी ५६ जनाले रक्तदान गरेको लारी रक्त सञ्चार केन्द्र गुलरियाले  जनाएको छ। 

त्यसैगरी, स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका स्थानीयलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले फाउन्डेसनले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले सञ्चालन गरेको शिवगंगा आँखा अस्पतालसँग सहकार्य गरी निःशुल्क आँखा शिविरसमेत सञ्चालन गरेको थियो । 

आँखा शिविरमा १४८ जना महिला र ८४ जना  पुरुष गरी २३२ जनाको आँखा जाँच गरिएको छ। जसमध्ये  १४ जना महिला र १३ जना पुरुष गरी २७ जनामा मोतिविन्दु देखिएको छ। मोतिविन्दु भएका व्यक्तिहरूकाे आँखाको अप्रेसन गुलरियामा रहेको  शिवगंगा आँखा अस्पताल हुने गगनसिंह कुँवर फाउन्डेसनका अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए । उनले भने, ‘आँखा शिविरमा आँखा जाँच गर्दा मोतिविन्दुको समस्या भएका बिरामीको निःशुल्क शनिबार अप्रेसन हुनेछ ।’

सुझावित समाचार