विपक्षी दलहरूको लगातार नाराबाजी र अवरोधका बिच प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको छ। सभामुखले बैठक अघि बढाउने निर्णय गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन सुरु गरेका हुन्।
सदनमा विपक्षी सांसदहरूले उभिएर नाराबाजी गर्दै टेबुल ठटाएर विरोध जनाइरहेका थिए। त्यसबिच अर्थमन्त्री वाग्लेले रोस्ट्रमबाट आफ्नो धारणा प्रस्तुत गरेका थिए।
यता, सत्तापक्षका सांसदहरूले भने ताली बजाउँदै सरकारको पक्षमा समर्थन जनाएका थिए।