नेपाल एसबिआई बैंकद्वारा वीरगन्जका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक लिमिटेडले पर्साको वीरगन्जस्थित महानगरपालिका आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई स्कुल ब्याग तथा शैक्षिक सामग्री प्रदान गरेको हो। बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले विद्यालयका प्रधानाध्यापकलाई उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

नेपाल एसबिआई बैंकले  शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ। बैंकले विगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

सुझावित समाचार