इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५   निवासी ३६ वर्षीय सुवास लावती रहेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार एनसिबी अबुधाबी, युएईको समन्वयमा उनलाई युएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याइएको हो ।
लावतीले आकर्षक तलबको प्रलोभन देखाएर सर्बिया पठाइदिने भन्दै पीडितबाट विभिन्न मितिमा ११ लाख ६१ हजार रुपैयाँ बैंक खातामा जम्मा गराई ठगी गरेको आरोप छ ।

घटनापछि फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले ०८२ साउन २६ गते रेड नोटिस जारी गरेको थियो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं बुझाइएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार