११२ जना नोबेल विजेताद्वारा मोहम्मदीलाई रिहा गर्न आह्वान

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

११२ जना नोबेल पुरस्कार विजेताले इरानी मानवअधिकार अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता नर्गि{स मोहम्मदीको रिहाइको माग गरेका छन् । हिरासतमा रहेकी मोहम्मदीको स्वास्थ्यमा तीव्र ह्रासपछि अस्पताल सारिएको खबर बाहिरिएसँगै उनलाई विनासर्तध तत्काल रिहा गर्न आह्वान गरिएको हो ।

मंगलबार जारी गरिएको एक विज्ञप्तिमा ११२ जना नोबेल पुरस्कार विजेताले इरानी अधिकारी र अन्तर्राष्ट्रिय समुदायलाई मोहम्मदीको रिहाइ गर्दै उनको निरन्तर उपचारको सुनिश्चित गर्न आह्वान गरेका छन् ।

मोहम्मदीलाई इरानमा महिला अधिकारको पक्षमा दशकौँ अभियान चलाएको सम्मानस्वरूप सन् २०२३ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । मोहम्मदीलाई मे १० मा गम्भीर स्वास्थ्य समस्या आएपछि एम्बुलेन्सबाट तेहरानको पार्स अस्पतालमा विशेष उपचारका लागि स्थानान्तरण गरिएको थियो ।

हिरासतमा रहँदा उनमा तौल घट्ने, अस्थिर रक्तचाप र गम्भीर हृदयाघातका लक्षण देखिएको थियो । पछिल्लोपटक भने सम्भावित हृदयाघात भएपछि उनी आफ्नो कारागारको कोठामा बेहोस अवस्थामा फेला परेकी थिइन् । मोहम्मदीको अस्पताल स्थानान्तरण केवल अस्थायी राहत मात्र हो, उनका प्रतिनिधिका अनुसार अवस्थामा सुधार आएपछि उनलाई पुनः जेल फिर्ता पठाइनेछ ।

नोबेल पुरस्कार विजेताहरूले उनको तत्काल रिहाइ र उनीमाथि लगाइएका सबै आरोप खारेज गर्न आह्वान गरेका छन् । संयुक्त विज्ञप्तिमा जेलमा रहँदा महिनौँसम्म मोहम्मदीलाई विशेष चिकित्सा हेरचाहबाट वञ्चित गरिएको पनि भनिएको छ । विज्ञप्तिमा हस्ताक्षरकर्तामा रसायन शास्त्रका २६, अर्थशास्त्रका १२, साहित्यका पाँच, चिकित्सा शास्त्रका २९, शान्तितर्फका ११ र भौतिक शास्त्रका २९ जना नोबेल पुरस्कार विजेता छन् ।

मोहम्मदीलाई १९९८ मा पहिलोपटक पक्राउ गरिएको थियो । त्यसयता उनलाई इरानी अधिकारीले बारम्बार हिरासतमा राखेका छन् । उनी ४४ वर्षभन्दा बढी समयदेखि जेलमा छिन् । 

See More On

सुझावित समाचार