- सन् १९४८ : ‘वर्ल्ड जाइअनिस्ट अर्गनाइजेसन’का प्रमुख डेभिड बेन–गुरियनले प्यालेस्टाइनको एक हिस्सालाई बेलायतको शासनबाट स्वतन्त्र भएको र इजरायल राष्ट्र स्थापनाको घोषणा गरे । यस दिनलाई आज पनि इजरायलमा स्वतन्त्रता दिवसका रूपमा मनाइन्छ ।
- सन् १८७९ : ब्रिटिस शासकले फिजीमा काम गर्न लगिएका ४६३ जना भारतीय श्रमिक बोकेको जहाज ‘लियोनिडास’ सो देश पुग्यो । त्यसको ३७ वर्षमा उखु खेतीका लागि लगिएका भारतीय श्रमिकको संख्या साठी हजार पुगेको थियो । देशको उखु उद्योग र सांस्कृतिक परिदृश्यमा ठुलो प्रभाव पारेको भारतीयको आगमनको पहिलो दिन मे १४ लाई फिजीमा हरेक वर्ष राष्ट्रिय दिवसका रूपमा मनाइन्छ ।
- सन् १९३५ : फिलिपिन्समा भएको जनमत संग्रहले नयाँ संविधानलाई अनुमोदन गर्यो । संविधानमा अन्तरिम सरकार बनाएर देशलाई अमेरिकाको उपनिवेशबाट स्वतन्त्रता दिलाउने कुरा उल्लेख थियो ।
- सन् १९३९ : पेरुकी पाँच वर्ष सात महिना २१ दिनकी लिना मेदिनाले एक छोरालाई जन्म दिइन् । यो सबैभन्दा सानो उमेरमा गर्भाधान भएको प्रमाणित घटना हो ।
- सन् १९५५ : कम्युनिस्ट देशले नेटोको प्रतिद्वन्द्वी संस्थाका रूपमा ‘बार्सा प्याक्ट’ गठन गरे ।
- सन् १९७३ : अमेरिकाले देशको पहिलो अन्तरिक्ष केन्द्र ‘स्काइल्याब’ प्रक्षेपण गर्यो ।
- सन् १९९५ : दलाई लामाले ६ वर्षीय गेदुन चोइक्यी निमालाई ११औँ पन्चेन लामा (तिब्बती बौद्ध परम्परामा दोस्रो शीर्ष आध्यात्मिक नेता) घोषित गरे । तिब्बतमा शासन गरिरहेको चीनले घोषणालाई अमान्य घोषित गर्दै निमा र उनको परिवार त्यसवेलादेखि अज्ञात स्थानमा राखेका छ । चीनले ग्यानचेन नोर्बुलाई अलग पन्चेन लामा चयन गर्यो ।
इतिहासमा आज
सुझावित समाचार
इतिहासमा आज
सन् १९८० : होन्डुरस र अल सल्भाडोरबिच सन् १९६९ को जुलाई १४ देखि १८ बिच भएको युद्धसम्बन्धमा शान्तिसम्झौता भयो । सन् १९७० को फिफा वि…
इरानमाथि आक्रमण रोक्न भान्सले बढाए सक्रियता
वासिंटन डिसी/ विभिन्न अमेरिकी सञ्चार माध्यमका अनुसार शान्ति वार्ता पुनः सुरु गर्ने अन्तिम प्रयासस्वरूप अमेरिकी उपराष्ट्रपति जेडी भ…
कंगोमा इबोला संक्रमितको संख्या १० हजार नाघ्यो
किन्सासा/ डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डिआरसी)मा इबोला संक्रमितको संख्या १० हजार नाघेको छ । अहिले यो प्रकोप डिआरसीका विभिन्न …
स्पेनमा रेल दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु
म्याड्रिड/ स्पेनको मध्यभागमा रोकिराखेको एउटा रेललाई तीव्र गतिमा रहेको अर्को रेलले पछाडिबाट ठक्कर दिँदा कम्तीमा ६८ जनाको मृत्यु भ…
इतिहासमा आज
सन् १९२९ : अमेरिकाी सेयर बजार ‘वाल स्ट्रिट’मा इतिहासकै ठुलो गिरावट आउँदा विश्वभर महामन्दी सुरु भयो । त्यस दिन मंग…
पराजित भएपछि बोल्सोनारोले छाडे ब्राजिल
ब्रासिलिया/ ब्राजिलका उग्र–दक्षिणपन्थी सिनेटर फ्लाभियो बोल्सोनारो बुधबार अमेरिकाको दक्षिणी राज्य फ्लोरिडाको मियामीमा पुगेका…