विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक भोलि बिहीबारसम्मलाई स्थगित भएको छ। बिहीबार बिहान ११ बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडानसहित विपक्षी दलहरूले तेस्रोपटकको बैठकमा समेत अवरोध गरेपछि बैठक भोलिसम्मलाई स्थगित भएको हो।