नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। सभापति गगन थापाले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेकाे कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
केन्द्रीय सदस्य तारामान गुरुङ अनुशासन समितिको संयोजक तोकिएका छन्। यसैगरी, सदस्यहरूमा धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली छन्।
