विपक्षी दल नेकपा एमालेले सदनमा प्रधानमन्त्रीको उपस्थितिको सुनिश्चितता नभएसम्म बैठक अघि नबढ्ने बताएको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सभामुखले प्रधानमन्त्रीलाई उपस्थित हुन रुलिङ गरेसँगै बैठक अघि बढ्ने प्रस्ट पारिन्।
‘हामीले पटक-पटक भनेका छौँ, उहाँ देशभित्रै हुनुहुन्छ। काममै हुनुहुन्छ। त्यसैले हामीलाई सुनिश्चितता चाहियो। त्यसका निम्ति सभामुख महोदयले यो संसदबाट प्रधानमन्त्रीलाई रुलिङ गर्नुस्। हामी बैठक सुचारु गर्न सहयोग गर्छौँ,’ उनले भनिन्।