यस्तो छ विपिन र केकी स्टारर ‘काजी’को ट्रेलर

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

आगामी जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक ३ मिनेट ६ सेकेन्ड लामो ट्रेलरले चलचित्रको कथावस्तुबारे प्रकाश पारेको छ। पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई सिनेमाले प्रस्तुत गर्ने संकेत ट्रेलरले गर्छ।

सार्वजनिक ट्रेलरमा विपिन ‘काजी’ र केकी ‘कजिनी’को रूपमा प्रस्तुत छन्। रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रमा विपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दीक्षिता अर्याललगायतको अभिनय छ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रमा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बाँस्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको साउन्ड डिजाइन र सुजिल कर्माचार्यको पार्श्व संगीत छ।

क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतरज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक विपिन मल्ल रहेको चलचित्रको कार्यकारी निर्मातामा असिम काफ्ले र निर्माता नेहान रिजाल, विकासराज जोशी छन्। श्रीराम बालाजी फिल्मस्‌ले नेपालभर वितरण गर्नेछ।

सुझावित समाचार