प्रतिनिधिसभाको बुधबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। सोमबार राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची थियो।
तर, प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री जवाफ दिन गएपछि प्रतिपक्षी दलले विरोध जनाएका थिए। झन्डै एक घण्टा विरोध भएर संसद् चल्न सक्ने स्थिति नबनेपछि सभामुखले १५ मिनेटका लागि संसद् स्थगित भएको घोषणा गरेका हुन्।