रोयल इनफिल्डको गरिल्ला–४५० सार्वजनिक

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

रोयल इनफिल्डले नयाँ अर्बन पर्फमेन्स रोडस्टर गरिल्ला–४५० नेपालमा सार्वजनिक गरेको छ । दैनिक सहर यात्रा, घुमाउरो सडक तथा लामो दूरीका राइडलाई लक्षित गर्दै डिजाइन गरिएको यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ अनुभव दिने कम्पनीको दाबी छ । गरिल्ला–४५० एपेक्स, ड्यास र फ्ल्यास गरी तीन भेरियन्ट तथा आठ विभिन्न रङमा उपलब्ध हुने बताइएको छ ।

कम्पनीका सार्क बिजनेस हेड दीपक काकरले नेपालमा गरिल्ला–४५० मोडेल सार्वजनिक हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । ‘यो मोटरसाइकल विशेषगरी नेपालका सडकका लागि बनाइएको हो,’ उनले भने, ‘नेपाली युवा र स्पोर्टी राइडिङ मन पराउने ग्राहकका लागि यो उत्कृष्ट विकल्प बन्नेमा हामी विश्वस्त छौँ ।’

कम्पनीका अनुसार सबै भेरियन्टको मूल्य आठ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । गरिल्ला ४५० मा ४५२ सिसीको सिंगल सिलिन्डर लिक्विड–कुल्ड शेर्पा इन्जिन प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

यसले आठ हजार आरपिएममा ४० पिएस पावर र ५५ सय आरपिएममा ४० एनएम टर्क उत्पादन गर्छ । ८५ प्रतिशतभन्दा बढी टर्क ३,००० आरपिएमबाटै उपलब्ध हुने भएकाले सहरदेखि हाईवे सबै प्रकारका सडकमा सहज पर्फमेन्स दिने कम्पनीको दाबी छ । 

गरिल्ला ४५० मा ११ लिटर इन्धन ट्यांकी, एलइडी हेडलाइट्स, इन्टिग्रिटेड टेल ल्याम्प, अपस्वेप्ट साइलेन्सर तथा स्टेप्ड बेन्च सिटजस्ता फिचर समावेश छन् । नेपालमा गरिल्ला ४५० को बुकिङ खुला भइसकेको कम्पनीले जनाएको छ । 
 

सुझावित समाचार