हायात प्लेस बुटवललाई तीन अन्तर्राष्ट्रिय अवार्ड

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

हायात प्लेस बुटवलले तीनवटा अन्तर्राष्ट्रिय अवार्ड पाएको छ । सञ्चालनमा आएको ६ महिनामै होटेलले ‘उत्कृष्ट डेस्टिनेसन वेडिङ भेन्यु’, ‘उत्कृष्ट होटेल अवार्ड’ तथा ‘उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६’ प्राप्त गरेको हो । यी अवार्ड होटेल क्रिटिक्स एन्ड ब्लगर्स एसोसिएसन तथा वर्ल्डवाइड बेस्ट होटेलद्वारा प्रदान गरिएको हो । 

होटेलका अनुसार छोटो अवधिमै प्राप्त भएको यो सम्मानले विश्वस्तरीय सुविधा, अतिथि सेवा तथा व्यवस्थापन क्षमताको अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गरेको छ । उत्कृष्ट डेस्टिनेसन वेडिङ भेन्यु अवार्डले होटेलको ब्यांक्वेट सेवा र विवाह समारोह व्यवस्थापनलाई सम्मान गरेको जनाइएको छ । त्यसैगरी, उत्कृष्ट जनरल म्यानेजर अवार्डबाट होटेलका महाप्रबन्धक तुसार नागर सम्मानित भएका छन् ।

अवार्ड प्राप्तिपछि प्रतिक्रिया दिँदै नागरले छोटो समयमै प्राप्त भएको यो सफलताले टोलीलाई थप जिम्मेवार र उत्साहित बनाएको बताए । उनले अन्तर्राष्ट्रियस्तरको आतिथ्यता सेवा प्रदान गर्ने लक्ष्यसहित होटेल अघि बढिरहेको उल्लेख गरे । बुटवलमा रहेको यस होटेलले आधुनिक सुविधा, डाइनिङ सेवा तथा विभिन्न कार्यक्रमका लागि बहुउद्देश्यीय स्थल उपलब्ध गराउँदै आएको छ । होटेलले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै सेवा विस्तार गरिरहेको जनाएको छ ।

सुझावित समाचार