डिडिसी कर्मचारीको दुध र घिउ सुविधा खारेज गर्न निर्देशन

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

वन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी कृषि तथा पशुपक्षी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडिसी)का कर्मचारीले लिइरहेको दुध र घिउ भत्ता खारेज गर्न निर्देशन दिएकी छिन् । कर्मचारीहरूले दैनिक एक लिटर दुध र मासिक एक लिटर घिउ सुविधा लिँदै आएका छन् ।

संस्थान आर्थिक नोक्सानीमा रहेकाले कर्मचारीले लिइरहेको अतिरिक्त सुविधा हटाउन निर्देशन भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । मन्त्रालयका अनुसार दुध र घिउ सुविधाबापत वार्षिक ७८ लाख रुपैयाँ खर्च भइरहेको छ । उक्त सुविधा कटौती गरेर किसानको भुक्तानीमा खर्च गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

यसअघिका कृषिमन्त्री रामनाथ अधिकारीले समेत कर्मचारीले पाइरहेको सुविधा कटौती गरी किसानको भुक्तानीलाई प्राथमिकता दिन निर्देशन दिएका थिए । तर, त्यतिवेला कर्मचारीको विरोधका कारण मन्त्रालयको निर्देशन कार्यान्वयन भएको थिएन ।

See More On

सुझावित समाचार