रास्वपाको महाधिवेशन असार ७ देखि ९ सम्म

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन असार ७, ८ र ९ गते हुने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले असार ७ देखि ९ सम्म गर्ने निर्णय गरेको हो । महाधिवेशन चितवनमा हुने प्रवक्ता कविन्द्र  बुर्लाकोटीले जानकारी दिए । 

बैठकमा सभापति रबि लामिछानेले प्रथम महाधिवेशनकाे मिति प्रस्ताव गरेका थिए, जसलाई बैठकले अनुमाेदन गरेकाे हाे । महाधिवेशन मिति घाेषणा भएसँगै केन्द्रीय समिति महाधिवेशन आयाेजक समितिमा रूपान्तरण भएकाे छ । महाधिवेशन तयारीका केन्द्रीय समिति बैठकले विभिन्न उपसमितिहरू गठन गरेकाे छ ।

प्रतिनिधि व्यवस्थापन समिति, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा समिति, आर्थिक व्यवस्थापन समिति, प्रचारप्रसार समिति, सुरक्षा समिति, सूचना प्रविधि, साजसज्जा समिति, आवास तथा भाेजन समिति, स्वास्थ्य तथा प्राथमिक उपचार समिति, सांस्कृतिक कार्यक्रम समिति, अतिथि सत्कार समिति, विधान संशोधन समिति गठन गरेकाे सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए । 

यसैगरी ७७ जिल्लाबाटैकम्तिमा २५ सय प्रतिनिधिकाे सहभागिता रहनेछन्। ७७ जिल्लामा केन्द्रीय सदस्यहरूलाई समन्वयका लागि ताेकिदैछ।  विशेष प्रदेश अधिवेशन पनि ताेकिएकाे छ । जेठ २६ बागमती, २७ गते काेशी, २८ मधेश, २९ गण्डकी, ३० लुम्बिनी, ३१ कर्णाली र असार १ सुदूरपश्चिम प्रदेशकाे अधिवेशन हुने परियारले बताए। 

प्रवास सम्पर्क विभागलाई न्युनतम ३ जनादेखि अधिकतम ११ जना प्रतिनिधि ताेकिएकाे छ। कंथमकदाचित पालिका अधिवेशन नभएकाे खण्डमा अहिलेकै पालिका प्रमुख महाधिवेशन प्रतिनिधि हुनेछन् । राष्ट्रिय महाधिवेशन पार्टीको स्थापना दिवसमा डिजिटलाइजेसन गरेर भव्य मनाइने परियारले बताए ।

सुझावित समाचार