प्रहरीले कछुवासहित एक जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपहानगरपालिका ८ स्थित फाईनान्स चोकमा जीवित कछुवा बेच्दै हिँडिरहेको छ भन्ने विशेष सूचनाको आधारमा परिचालित प्रहरी टोलिले कछुवासहित एक जनालाई पक्राउ गरेको हो ।
जिप्रकाका सूचना अधिकारी समेत रहेका प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका १७ रानिगञ्ज बस्ने बर्ष ४१ का शंकर सुनार रहेका छन् ।
निजको साथबाट एउटा कछुवा बरामद गरी सुनारलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय भैरहवा मंगलबार बुझाइएको प्रहरीले जनाएको छ ।