चैतन्य पाठशालाले ४५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

धनगढीमा रहेको चैतन्य पाठशालाले कक्षा ११ मा ४५ जना विद्यार्थीलाई पूर्ण छात्रवृति उपलब्ध गराउने भएको छ । विद्यालयले धनगढीमा आज पत्रकार सम्मेलन गरेर प्रतिस्पर्धात्मक परीक्षाको आधारमा २५ जनालाई तथा सुदूरपश्चिमका नौ जिल्लाबाट प्रतिजिल्ला दुई जनाका दरले पूर्ण छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिएको छ ।
 

त्यस्तै गैरसरकारी संस्थाको सहयोगमा दुई जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिसहित आवाशीय सुविधा उपलब्ध गराइने विद्यालयका प्रमुख कार्यकारी अधिकृत गणेशराज जोशीले जानकारी दिए । यसबाहेक नियमित दिने छात्रवृत्ति छुट्टै रहेको विद्यालयले जनाएको छ ।

 ‘शिक्षाको उपयुक्त अवसर खोजिरहेका गरिब जेहेन्दार विद्यार्थी जोड्न खोजेका हौँ’ जोशीले भने, ‘गुणस्तरीय शिक्षाको खोजीमा विद्यार्थीहरु काठमाठौँलगायत विभिन्न ठाउँहरु जाने गर्छन् । हामीले थोरै खर्चमा यहीँ गुणस्तरीय शिक्षा दिन खोजेका छाँ।’
 

पुस्तकालय, कम्प्युटर प्रयोगशाला, बहुउद्देश्यीय खेलमैदानलगायत सुविधा रहेको विद्यालयले विद्यार्थीको क्षमता विकासका लागि खेलकुदलगायतका अतिरिक्त क्रियाकलापहरु गर्नुका साथै नैतिक शिक्षा र संस्कारलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।
 

सुझावित समाचार