सुदूरपश्चिम प्रदेश अन्तर्गत अछाम जिल्लाको मेल्लेख गाउँपालिका–४ मा अवस्थित श्री बासुकी माध्यमिक विद्यालयको भवन भारतीय सहयोगना निर्माण हुने भएको छ । मंगलवार भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव नारायण सिंह र मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउँदले संयुक्त रूपमा भवन शिलान्यास गरे।
भारत सरकारको करिब रु. ३ करोड ८० लाख रूपियाॅ आर्थिक सहयोगमा उक्त विद्यालय निर्माण हुन लागेको छ । उक्त विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत मेल्लेख गाउँपालिकामार्फत कार्यान्वयन गरिने भारतीय राजदुतावासले जनाएको छ ।
कार्यक्रममा मेल्लेख गाउँपालिकाका अध्यक्ष साउॅदसहित सहभागीहरूसे भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगप्रति प्रशंसा व्यक्त गरे। उनीहरूले निर्माणाधीन नयाँ भवनले विद्यार्थी र शिक्षकहरूका लागि गुणस्तरीय तथा अनुकूल सिकाइ वातावरण सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।