त्रिपुरेश्वरस्थित बागमती स्वीट्सले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट ‘क्लिनचिट’ पाएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका संयुक्त टोलीको स्थलगत अनुगमन तथा निरीक्षणमा बाग्मती स्वीट्सको खाद्य स्वच्छताको अवस्था सन्तोषजनक पाइएको र उत्पादन तथा बिक्रीवितरण गर्न लगाइएको रोक्का फुकुवा गरिएको विभागद्वारा जारी पत्रमा उल्लेख गरिएको छ।
बाग्मती स्वीट्सले हालै आन्तरिक संरचना सुधार, कर्मचारी व्यवस्थापन तथा उत्पादन प्रक्रिया थप व्यवस्था गरेको जनाएको छ।
त्यस्तै, कारखानाको पेस्ट कन्ट्रोल लगायत सरसफाइमा विशेष ध्यान दिँदै सो कमका लागि मात्रै अपरेसन अवधिमा तीन जना कर्मचारी खटाएको उल्लेख गरेको छ।
बाहिरी प्रदूषण नियन्त्रण गर्नका लागि अन्न भण्डारण गर्ने र भान्सा लगायतको ठाउँमा कर्मचारीले बाहिरबाट लगाएर आएको जुत्ता–चप्पल लैजान निषेध गरिएको बागमतीले जनाएको छ।