प्रधानमन्त्री बिचमै उठेर हिँड्नु अशोभनीय : नेकपा प्रमुख सचेतक दुलाल

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले राष्ट्रपतिले सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा सरकार प्रमुख नै संसदबाट उठेर हिँड्नु अशोभनीय भएको बताएका छन्।

बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै दुलालले नीति तथा कार्यक्रममा आशा जगाउने नयाँ विषय नहुँदा अल्छी मानेर प्रधानमन्त्री बाहिरिएको भन्दै कटाक्ष गरे।

‘आफैँले बनाएको नीति, कार्यक्रम राष्ट्रपतिज्यूले पढिनसक्दै, आधा हुँदा नहुँदै सम्माननीय प्रधानमन्त्रीज्यू पनि सुन्न सायद बोर लागेर होला, संसद्को हल नै छोडेर हिँड्ने स्थिति आयो,’ उनले भने।

प्रारम्भिक टिप्पणीमा सम्पूर्ण रूपमा नराम्रो भन्न नहुने भए पनि युवाहरूलाई आशा जगाउने कुनै विषय नरहेको उनको टिप्पणी छ। उनले भने, ‘नयाँ सुन्ने, नयाँ हेर्ने अपेक्षा र सपना अधुरै रहेको छ।’

सुझावित समाचार