उच्च शिक्षालाई श्रम बजारसँग जोड्ने सरकारको नीति

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले उच्च शिक्षालाई श्रम बजारसँग जोड्ने नीति लिएको छ। सिक्दै, कमाउँदै कार्यक्रमलाई अघि सार्दै सरकारले उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई रोजगारसँग जोड्ने योजना अघि सारेको हो। 

सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक बर्ष ०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

श्रम दिन सक्ने विभिन्न उद्योग, कम्पनीलगायत क्षेत्रसँग सम्झौता गरेर यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याइने राष्ट्रपति पौडेलले बताए।

यसैगरी, दिवाखाजा र पाठ्यपुस्तकको सहज वितरण गर्ने सरकारले जनाएको छ। हाल केन्द्र सरकारले कक्षा ८ सम्म दिवा खाजा वितरण गर्दै आएको छ। कतिपय प्रदेश सरकारले कक्षा १० सम्म निःशुल्क दिवाखाजा वितरण गर्दै आइरहेका छन्।

तर, दिवाखाजामा बजेट कम भएका कारण कतिपय विद्यालयहरूले खाजाको सट्टा पैसा वितरण गर्ने गरेका छन्।

सुझावित समाचार