सीमा विवादको समाधान पनि समेटियो सरकारको नीति तथा कार्यक्रममा

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारको नीति तथा कार्यक्रममा सीमा विवादको समाधान पनि समेटिएको छ। कूटनीतिक संवादबाट सीमा विवादको समाधान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै भने, ‘सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिनेछ।’ 

सीमा सुरक्षाका लागि एकीकृत सीमा व्यवस्था सूचना प्रणाली, अनुहार पहिचान प्रणाली र स्वचालिक पूर्वाधान निगरानीको व्यवस्था गर्ने सरकारको योजना छ। ड्रोन तथा नाइज भिजन क्यामेराबाट सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्ने विषय पनि नीति तथा योजनामा परेको छ। त्यस्तै, सीमा विकास कार्यक्रममार्फत नागरिक सम्बन्ध सुदृढ बनाइने योजना सार्वजनिक गरिएको छ। 
 

सुझावित समाचार