सरकारले प्राथमिक तहसम्मको शिक्षा निःशुल्क गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
संविधानले व्यवस्था गरेअनुसार आगामी वर्षको नीति तथा कार्यक्रममा सरकारले प्राथमिक तहसम्मको शिक्षा निःशुल्क बनाउने नीति लिएको हो। ०७२ को संविधानले प्राथमिक तहसम्मको शिक्षा निःशुल्क व्यवस्था गरे पनि हालसम्म साकार हुन सकेको छैन।