क्रुज जहाजमा शंकास्पद भाइरस फैलिँदा तीनजनाको मृत्यु

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

 विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एट्लान्टिक महासागरमा रहेको क्रुज जहाजमा शंकास्पद हान्टाभाइरसको प्रकोपपछि तीनजनाको मृत्यु भएको बिबिसीले जनाएको छ । अर्जेन्टिनाबाट केप भर्डे जाँदै गरेको एमभी होन्डियस जहाजमा सवार एकजनामा भाइरस पुष्टि भएको र पाँचजना शंकास्पद केस रहेको रिपोर्ट गरिएको छ ।

६९ वर्षीय एक बेलायती नागरिक दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित एक अस्पतालको सघन उपचार कक्षमा छन् । उनलाई भाइरस भएको बिबिसीले उल्लेख गरेको छ । बेलायतको विदेश मन्त्रालयले बेलायती नागरिकलाई सहयोग गर्न तयार रहेको बताएको छ । हान्टाभाइरस सामान्यतया मुसाबाट मानिसमा उनीहरूको दिसा, र्याल वा पिसाबमार्फत सर्छ । यसले गम्भीर श्वासप्रश्वास रोग निम्त्याउन सक्छ । यो भाइरस बिरलै मानिसमा सर्ने विश्वास गरिन्छ ।

एमभी होन्डियस टुर कम्पनी ओसनवाइड एक्सपिडिसनद्वारा सञ्चालित छ । यसको वेबसाइटमा रहेको यात्रा कार्यक्रमअनुसार, एमभी होन्डियस २० मार्चमा दक्षिणी अर्जेन्टिनाको उसुआइयाबाट प्रस्थान गरेको थियो र मे ४ मा केप भर्डेमा आफ्नो यात्रा पूरा गरेको थियो, यो राजधानी प्रेया बाहिर रोकिएको छ । यसलाई १०७.६ मिटर (३५३ फिट) अग्लो ध्रुवीय क्रुज जहाजको रूपमा वर्णन गरिएको छ, जसमा ८० क्याबिनमा १७० यात्रु ५७ चालक दलका सदस्य, १३ गाइड र एक चिकित्सकका लागि ठाउँ छ ।

दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता फोस्टर मोहालेले बिबिसीलाई बताएअनुसार जहाजमा विभिन्न देशका लगभग १५० पर्यटक थिए । मृत्यु भएका तीनजनामध्ये ७० वर्षीय पुरुष र ६९ वर्षीया महिला डच जोडी थिए । स्वास्थ्य अधिकारीले तेस्रा व्यक्ति अचानक बिरामी परेको र उनलाई ज्वरो, टाउको दुख्ने, पेट दुख्ने र पखाला लाग्ने समस्या देखिएको थियो । दक्षिण एट्लान्टिकमा रहेको बेलायती क्षेत्र सेन्ट हेलेना टापुमा आइपुग्दा उनको मृत्यु भयो । । गत वर्ष ओस्कर विजेता अभिनेता जिन ह्याकम्यानकी श्रीमतीको मार्च २०२५ मा हान्टाभाइरससँग सम्बन्धित श्वासप्रश्वास रोगबाट मृत्यु भएपछि उक्त भाइरस हेडलाइनमा थियो ।

सुझावित समाचार