भजनी उद्योग वाणिज्य संघको अध्यक्षमा बुढा

आइतबार, २७ बैशाख, २०८३
डिजिटल संस्करण

कैलालीको दक्षिणी क्षेत्रमा अवस्थित जिल्लाकै पुरानो बजार भजनीस्थित भजनी उद्योग वाणिज्य संघको अध्यक्षमा जयबहादुर बुढा चयन भएका छन्। संघको साधारणसभाले बुढाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

संघको उपाध्यक्षमा रामप्रसाद रेग्मी, सचिवमा जनकबहादुर विक, कोषाध्यक्षमा शान्ति ओझा र सहसचिवमा विनोद शाह चयन भएका छन्। साधारणसभाले कार्यसमिति सदस्यमा निर्मला परियार, राजकुमार अग्रवाल, लालबहादुर चौधरी, उपेन्द्र केसी, नृप बोगटी र नरेन्द्र थापालाई चयन गरेको छ।

अध्यक्षमा निर्वाचित भएपछि बुढाले व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाए। व्यवसायीको हकहित संरक्षणसँगै स्थानीय उत्पादन प्रवर्द्धन, युवा उद्यमशीलता विकासमा पनि आफ्नो कार्यसमितिले प्राथमिकता दिएर काम गर्ने उनको भनाइ छ।
 

सुझावित समाचार