तुलसीपुरमा लामिनार टायलको सप्लायर्स सञ्चालनमा आएको छ । सिद्धार्थ मार्बल हाउसको सहकार्यमा शुक्रबार टायलको सप्लायर्स उद्घाटन गरिएको हो । सिद्धार्थले यसअघि हार्डवेयरको क्षेत्रमा काम गर्दै आएको थियो । तुलसीपुरसहित अन्य जिल्लामा पनि उक्त टायल विस्तार गर्ने तयारी रहेको सिद्धार्थका सञ्चालक रामबहादुर खड्काले बताए ।
लुम्बिनी सेरामिक्सद्वारा उत्पादित उक्त लेमिनार टायल नेपाल गुणस्तर तथा नापतौल विभागको ‘भिट्रिफाइड टायल्स’को गुणस्तर चिह्न प्राप्त टायल हो । पूर्ण भिट्रिफाइड टायललाई अन्तर्राष्ट्रिय बजारमा समेत उच्च गुणस्तरको श्रेणीमा राख्ने गरिन्छ ।
बर्दियामा उत्पादित ‘लामिनार’ टायल भारतमा समेत निर्यात हुँदै आएको छ । कार्यक्रममा बोल्दै कम्पनीका प्रतिनिधि गौरव बस्नेतका अनुसार भारतको उत्तर प्रदेश, बिहार, झारखण्डलगायतमा निर्यात भइरहेको छ । उनका अनुसार महिनामा १५ ट्रक टायल निर्यात हुने गरेको छ, जुन नेपाली २५ लाख रुपैयाँबराबर हो ।
विगतमा बाहिरी देशबाट टायल भिœयाउनुपर्ने बाध्यता रहे पनि अहिले त्यो बाध्यता हटेको बस्नेतले बताए । ‘विगतमा यो प्रविधिको टायल भारत, चीन, इटालीबाट ल्याउनुपर्थ्यो,’ उनले भने, ‘तर, अहिले हामी भारत निर्यात गर्न सक्ने भएका छौँ ।’