शुभेन्दु अधिकारीले लिए मुख्यमन्त्रीको शपथ

आइतबार, २७ बैशाख, २०८३
डिजिटल संस्करण

पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) ले पहिलोपटक आफ्नो सरकार बनाएको छ । शनिबार शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै भाजपाले ममता बनर्जीको १५ वर्षे शासन ढालेर पश्चिम बंगालमा पहिलोपटक सरकार गठन गरेको हो । उनले बंगाली भाषामा शपथ लिएका थिए । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीका साथै गृहमन्त्री अमित शाह र भाजपाशासित राज्यका मुख्यमन्त्री उपस्थित थिए ।

शुक्रबार मात्र भाजपाले अधिकारीलाई संसदीय दलको नेताका रूपमा चयन गरेको थियो । पश्चिम बंगालले गम्भीर आर्थिक चुनौतीको सामना गरिरहेका वेला अधिकारीले मुख्यमन्त्री पद सम्हालेका छन् । हालै भएको विधानसभा निर्वाचनमा भाजपाले पश्चिम बंगालमा दुईतिहाइ सिट ल्याएको थियो । कुल २९४ सिटमध्ये २०७ वटामा जित हासिल गर्दै भाजपाले ममता बनर्जीको १५ वर्षे सत्तायात्रामा पूर्णविराम लगाइदिएको थियो । यसअघि तीनपटक सरकारको नेतृत्व गरेको ममता बनर्जीको पार्टी त्रिणमूल कंग्रेस ८० सिटमा खुम्चिएको थियो ।

सन् १९७० मा पूर्वमेदिनीपुर जिल्लामा जन्मिएका शुभेन्दु अधिकारीको राजनीतिक यात्रा कंग्रेस पार्टीबाट भएको हो । तृणमूल कंग्रेसमा जोडिनुअघि उनी कंग्रेस पार्टीबाट उदाएका हुन् ।

सुझावित समाचार