बर्दियाको बारबर्दिया नगरपालिकामा चितुवाको बच्चालाई नियन्त्रणमा लिइएको छ । बारबर्दिया नगरपालिका-१, सैलाहीबाट चितुवाको बच्चालाई नियन्त्रणमा लिइएको छ ।
चितुवाले सैलाही गाउँ पसेर स्थानीयको बाख्रा, कुखुरा, बंगुर मारेर खाने र चितुवाले स्थानीयलाई दु:ख दिने गरेको थियो । शनिबार दिउँसो साढे ३ बजे बर्दिया राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीले चितुवाको बच्चालाई नियन्त्रणमा लिएको थियो ।
डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत एवं सूचना अधिकारी शिवबहादुर केसीले चितुवाकाे बच्चालाई अहिले डिभिजन वन कार्यालयमा राखिएको जानकारी दिए।