स्थानीय तहको प्राथमिकतामा नपर्दा बर्दियाका तीन पालिका दमकलविहीन

शनिबार, २६ बैशाख, २०८३
डिजिटल संस्करण

स्थानीय तहको प्राथमिकतामा नपर्दा बर्दियाका तीन पालिका दमकलविहीन अवस्थामा रहेका छन्। बर्दियाको बारबर्दिया नगरपालिका, गेरुवा गाउँपालिका र बढैयाताल गाउँपालिकाको  प्राथमिकतामा नगर्दा पालिका दमकलविहीन अवस्थामा रहेका हुन् ।

प्राकृतिक विपत् आगलागी नियन्त्रणका लागि दमकलको भूमिका महत्वपूर्ण हुन्छ । तर, स्थानीय तह बनेको करिब ९ वर्ष हुँदासमेत स्थानीय तहले दमकल ल्याउन पहल गरेको  छैन। आगलागी भएको स्थानका समयमा दमकल पुग्न नसक्दा धनजनको क्षति हुने गरेको छ । 

बर्दियाका आठ स्थानीय तहमध्ये गुलरिया, ठाकुरबाबा, मधुवन, बाँसगढी र राजापुर नगरपालिकामा दमकल रहेको र अन्य तीन पालिकामा दमकल  नभएकाे  जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सुझावित समाचार