राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय प्रशिक्षण विभागले आफ्ना सांसदहरूलाई सशक्त बनाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । शनिबारदेखि ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा आयोजित प्रशिक्षण कार्यक्रमको ‘सक्षम सांसद, सशक्त संसद्’ नाम दिइएको छ । संसदीय अभ्यास तथा नेतृत्व विकासका लागि आफ्ना सांसदहरूलाई प्रशिक्षण दिइएको रास्वपाले जनाएको छ । पार्टी उपसभापति स्वर्णिम वाग्लेले घण्टी बजाएर प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका छन् । प्रशिक्षण कार्यक्रम आइतबारसम्म चल्नेछ ।












