धरानमा अस्पताल बनाउन बिपी प्रतिष्ठानको जग्गा उपमहानगरपालिकालाई दिने निर्णय

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले धरानमा आधारभूत अस्पताल निर्माणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा धरान उपमहानगरपालिकालाई उपयोग गर्न दिने प्रस्ताव स्वीकृत गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट पेस गरिएको उक्त प्रस्तावलाई सरकारले नागरिकको आधारभूत आवश्यकतासँग जोडेर प्राथमिकताका साथ अघि बढाएको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)की प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले बताइन्।  यो निर्णयसँगै धरान उपमहानगरपालिका– १ स्थित छाताचोकमा रहेको कित्ता नम्बर २४ को १–४–१३–१ बिघा जग्गामा अब स्थानीय स्तरको सुविधासम्पन्न अस्पताल  बनाउन बाटो खुलेको छ। सरकारको ‘हरेक स्थानीय तहमा एक आधारभूत अस्पताल’ स्थापना गर्ने नीतिअनुसार यो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

सुझावित समाचार