‘एक मुठ्ठी बादल’को गीत ‘पल्लो घर’ सार्वजनिक

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

साहारा शर्माको डेब्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘एक मुठ्ठी बादल’को नयाँ गीत सार्वजनिक गरिएको छ। श्रेया राईको शब्द, संगीत र स्वरमा शुक्रबार ‘पल्लो घर’ बोलको गीत सार्वजनिक गरिएको हो।

म्युजिक भिडियोमा मुख्य अभिनेत्री आँचल शर्मालाई प्रस्तुत गरिएको छ। घरमा विवाहको तयारी चल्दै गर्दा एक युवतीको मनमा चल्ने अनेकौँ स्मृतिलाई चित्रण गरिएको भिडियोबाट बुझ्न सकिन्छ।

चलचित्रमा उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीलगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ। अभिमन्यु दीक्षितले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्।

लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको वेशभूषा डिजाइन, कीर्ति जोशीको मेकअप रहेको छ। मर्णा जेम्सले सिनेमाको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी चलचित्रमा उनलाई सहायकको रूपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन्।

सुझावित समाचार