स्मार्ट किनमेलको अनुभव दिलाउँदै सिजी डिजिटल

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

सिजी डिजिटलले उपभोक्तालाई लक्षित गर्दै स्मार्ट जीवनशैलीमा स्मार्ट किनमेल अनुभवको सुरुवात गरेको छ । चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सिजी डिजिटलले बदलिँदो उपभोक्ता आवश्यकतालाई ध्यानमा राख्दै स्मार्ट जीवनशैलीको नयाँ अध्याय सुरु गरेको जनाइएको छ ।

कम्पनीका अनुसार परम्परागत रूपमा घरायसी उपकरण खरिद प्रक्रिया झन्झटपूर्ण हुने गरेकोमा अब उपभोक्ताले एकै स्थानबाट बहु ब्रान्ड उत्पादनको तुलना तथा छनोट गर्न सक्नेछन् । ग्राहकलाई एउटै उत्पादन किन्न विभिन्न पसल धाउनुपर्ने, मूल्य र गुणस्तर तुलना गर्न समय खर्चिनुपर्ने समस्याबाट मुक्ति मिल्ने बताइएको छ । 

देशभर सञ्चालनमा रहेका २८ वटा सिजी डिजिटल र एलजी ब्रान्ड सप सोरुममार्फत ग्राहकले एलजी, सिजी, टिसिएल, गोदरेज, माइडिया, क्रम्टन, बेको, सेन्सेई, केन्ट, सिजी मेरिडिया तथा ब्ल्याक प्लस डेकरलगायतका ब्रान्ड एउटै प्लाटफर्ममार्फत किनमेल गर्न पाउनेछन् । बहुब्रान्ड उपस्थितिले उपभोक्तालाई आफ्ना आवश्यकता र बजेटअनुसार विकल्प छनोट गर्न सहज बनाएको कम्पनीको दाबी छ ।

सिजी डिजिटलले किनमेल प्रक्रियालाई सरल र ग्राहककेन्द्रित बनाउन निःशुल्क डेलिभरी, स्पष्ट जानकारी तथा बिक्रीपछिको सेवामा समेत जोड दिएको जनाएको छ । यसले व्यस्त जीवनशैली भएका उपभोक्तालाई छिटो र सहज निर्णय लिन सहयोग पुग्ने विश्वास कम्पनीको छ ।

सुझावित समाचार