सर्वोच्च अदालतको व्याख्या सबैले पालना गर्नुपर्छ : शर्मा

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको व्याख्या सबैले पालना गर्नुपर्ने बताएका छन्। बिहीबार सामाजिक सञ्जाल एक्समा लेख्दै उनले  बहुमतको अर्थ ‘बहुसंख्या’ नै हुने उल्लेख गर्दै विश्वव्यापी लोकतान्त्रिक मान्यता त्यसैमा आधारित रहेको दाबी गरे। शर्माले विगतका गल्ती सच्याउने भन्ने तर व्यवहारमा उत्तर कोरिया पछ्याउने सरकारको प्रवृत्ति देखिएको आरोप लगाए।

उनले लेखेका छन, ‘संविधानको धारा १२८(४) भन्छ– सर्वोच्चको व्याख्या सबैले पालना गर्नुपर्छ। अर्थात् बहुमत हुन बहुसंख्या हुनैपर्छ। उत्तर कोरियामा बाहेक विश्वव्यापी लोकतान्त्रिक मान्यता स्पष्ट रूपमा यही नै हो।’

शब्दमा भन्ने– ‘विगतका गल्ती सच्याउने। अनि कर्ममा उत्तर कोरिया पछ्याउने ?’ उनले प्रश्न गरे, ‘सम्बन्धित दलका जिम्मेवार मित्रहरूले गम्भीर मनन गरून्, ८० वर्षे न्यायिक इतिहासमा पञ्चायतले समेत नगरेको कर्मको धब्बा बोक्ने नै हो ?’

सुझावित समाचार